Logo

मुख्य समाचार

चन्द्रपुरबाट हातहतियारसहित एक युवक पक्राउ



रौतहट । रौतहट सशस्त्र प्रहरीले हातहतियार सहित एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी वल,नेपाल सुरक्षा बेश सन्तपुरको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

चन्द्रपुर नगरपालिका वाड नं. ४ देउराली चोकबाट मकवानपुरको हेटौडा उ.म.न.पा. वडा नं.१३ पदमपोखरी वस्ने २२ बर्षिय सुमन आचार्यलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक राजेन्द्र बहादुर बस्नेतले बताए ।

उनका अनुसार पक्राउ परेका आचार्यको साथबाट ९ मि.मि. ब्राउनिङ पेस्तोलको म्याग्जिन एक थान, अर्को एक थान म्याग्जिन,
बाल राउण्ड १३ गोटा,खुकुरी एक थान, मोवाईल एक थान, बैकको एटिम एक थान, लाईसेन्स रसिद एकथान र झोला एक थान बरामद गरिएको छ ।

यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको सशस्त्र प्रहरी वल नेपाल नम्बर ११ गण रौतहटले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : २० बजे