काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रिया सकिँदै आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्।निर्वाचन आयोगले अतिरिक्त समयसहित सञ्चालन गरेको दर्ता तथा अद्यावधिक प्रक्रिया मंसिर ५ गते मध्यराति सकिएपछि आयोगले नयाँ मतदाताको संख्या सार्वजनिक गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जैविक विवरण (बायोमेट्रिक्स)मार्फत तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार १८० व्यक्तिले नाम दर्ता गराएका छन्।राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनमार्फत दर्ता गर्न मिल्ने प्रावधानपछि इन्ट्रीको संख्या उल्लेख्यरूपमा बढेको आयोगले जनाएको छ।प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ मतदाताको संख्या समावेश गर्दै मतदाता नामावली संकलन सम्पन्न भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्। गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो।यसअघि कात्तिक ३० गतेसम्मका लागि समय निर्धारण गरिएको दर्ता अवधि नयाँ मतदाता दर्ता चाप र सरोकारवालाको आग्रहपछि मंसिर ५ गतेसम्मका लागि थप गरिएको थियो।
६ मंसिर २०८२, शनिबार
23
Shares








प्रतिक्रिया