ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा गए रातिदेखि यस वर्षको पहिलो हिमपात सुरु भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षापछि साँझदेखि हिउँ पर्न थालेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
हल्का हिमपातसँगै चिसो बढेकाले तीर्थयात्रीलाई जाडोबाट बच्न विशेष सतर्कता अपनाउन समितिले आग्रह गरेको छ। हिमपातका कारण आवतजावतमा सामान्य असर परेको समितिका कर्मचारी राजेन्द्र महतले बताए।
रातभर हिउँ परेपछि आज बिहान मन्दिर पुगेका भक्तजनले पाथीभराको दर्शनसँगै हिउँ खेल्ने अवसर पाएका छन्। बिहानैदेखि मन्दिर क्षेत्रमा भक्तजनको भीड लागेको समितिले जनाएको छ।










प्रतिक्रिया