Logo

मुख्य समाचार

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



चितवन । चितवनको माडी नगरपालिका–१ मा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदल हिँडिरहेका माडी–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

ठक्करपछि बस अनियन्त्रित भई खेतमा खस्दा बसमा रहेका दुई जना घाइते भएका छन्। घाइते दुवै जनाको बघौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। उनीहरू खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

घटनापछि बस चालक फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ९ : ०० बजे