Logo

मुख्य समाचार

कोसी र गण्डकीका हिमाली भूभागमा आज हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका केही पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने छ। अन्य प्रदेशका अधिकांश भूभागमा मौसम सफा रहने विभागले जानकारी दिएको छ।

कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा वर्षा र हिमपात हुन सक्ने सम्भावना विभागको पूर्वानुमानमा उल्लेख गरिएको छ।

राति पनि कोसी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : १८ बजे