Logo

राजनीति

निर्माणाधीन संसद् भवनको प्रगति सुस्त, अवलोकनपछि शीर्ष नेतृत्वको टिप्पणी



काठमाडौँ । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेकाले समयमै सम्पन्न हुने सम्भावना न्यून देखिएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसहितको टोलीले आज स्थल अवलोकन गर्दा निर्माण कार्यमा केही प्रगति भए पनि समग्र गति सन्तोषजनक नदेखिएको निष्कर्ष निकाले।

अवलोकनपछि सभामुख घिमिरेले निर्माण कम्पनीले आगामी चैतसम्म भवन सम्पन्न गर्ने लक्ष्य राखे पनि उक्त समयसीमा पर्याप्त नदेखिएको बताए। उनले निर्माण ढिलाइ भए पनि भवन चाँडै पूरा हुने आशा व्यक्त गरे।

राष्ट्रियसभाका अध्यक्ष दाहालले पनि अघिल्लो अवस्थाको तुलनामा केही प्रगति देखिए पनि काम अपेक्षित गतिमा नबढेको उल्लेख गरे।

अवलोकन टोलीमा राष्ट्रियसभाका उपाध्यक्ष, संघीय संसद्का महासचिव, सचिव तथा अन्य कर्मचारी सहभागी थिए।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ७ : १४ बजे