Logo

मुख्य समाचार

सिमरामा दुई दिनको तनावपछि अवस्था सामान्य, जेनजी समूह वार्तामा जुटेन



काठमाडौं । बाराको सिमरा क्षेत्रमा जेनजी समूह र नेकपा (एमाले)का कार्यकर्ताबीच उत्पन्न विवादका कारण दुई दिनदेखि बिग्रिएको सुरक्षा अवस्था शुक्रबार सामान्य भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीले सडकमा प्रदर्शन नभइ स्थिति नियन्त्रणमा रहेको र सुरक्षाकर्मीको उपस्थिति थप मजबूत गरिएको जानकारी दिएको छ।

तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार जेनजी समूहलाई वार्तामा बोलाएको थियो। तर, समूहका अभियन्ता बोलाइएको वार्तामा उपस्थित नभएको प्रशासनले जनाएको छ।

बुधबार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा जाँदै गर्दा जेनजी समूहका युवाले कालोझन्डा देखाउने तयारी गरेको र त्यस क्रममा समूहका समर्थक तथा एमाले कार्यकर्ताबीच सिमरा विमानस्थलनजिकै झडप भएको थियो।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ६ : १९ बजे