काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको स्वास्थ्य कार्यालयका तत्कालीन निमित्त प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले उनीहरूलाई १५ लाख ८ हजार ५५७ रुपैयाँ हिनामिनाको आरोपमा विशेष अदालतमा बिहीबार (मंसिर ४) मुद्दा दायर गरेको हो। मुद्दामा स्वास्थ्य कार्यालयका शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, सबइन्जिनियर नरेश रावत, प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी पनि आरोपी छन्।
अख्तियारको अनुसन्धान अनुसार, उनीहरूले हिमाली गाउँपालिका–६ स्थित प्रसूति केन्द्र भवन निर्माण कार्यको लागत अनुमान नगरी बढी भुक्तानी गरेर रकम हिनामिना गरेको पाइएको छ। दायर मुद्दामा उनीहरूमाथि बिगोको रूपमा १५ लाख ८ हजार ५५७ रुपैयाँ फिर्ता गर्ने माग राखिएको छ।










प्रतिक्रिया