Logo

राजनीति

बारामा झडपपछि आज पनि कर्फ्यु जारी



काठमाडौं — बारामा जेन–जी युवा र नेकपा (एमाले) कार्यकर्ताबीच मंगलबार भएको झडपपछि आज पनि स्थिति तनावपूर्ण बनेको छ। विहानैदेखि सिमरामा जेन–जी युवाहरूले झडपका क्रममा आफूहरूमाथि हातपात गर्ने व्यक्तिमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए।

घटनासम्बन्धी किटानी जाहेरीको आधारमा प्रहरीले दुई जना एमाले नेतालाई पक्राउ गरेको छ। स्थानीय सुरक्षामा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले आज दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  १ : २० बजे