काठमाडौं — नेकपा (एमाले) नेतृ तथा पूर्वमन्त्री ज्वाला कुमारी साहले सिमरा विमानस्थलमा बुधबार भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन्। नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमाले नेताहरूमाथि नियोजित अवरोध गराइएको दाबी गरेकी छन्।
साहका अनुसार एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत कार्यक्रमका लागि सिमरा जान लागेको थाहा पाएपछि जेन–जी समूहले अवरोध गर्न खोजेपछि फ्लाइट नै रद्द भएको थियो। उक्त अवरोधलाई उनले “सरकारी मिलोमतो” को परिणाम भएको आरोप लगाइन्।
उनले भनिन्, “हिजोको घटना सरकारले गराएको हो। एमाले र कांग्रेसका नेताहरुलाई रोक्नुपर्छ भन्ने मनसायले यस्तो गरिएको हो।” साहका अनुसार एमालेले प्रतिक्रिया जनाउन चाहेमा “एक मिनेटमै स्थिति नियन्त्रणमा ल्याउन सकिने” भए पनि पार्टीले संयमता अपनाएको बताइन्।
साथै, उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि भएको आक्रमणका दोषीलाई सरकार स्वयं बचाइरहेको आरोपसमेत लगाइन्।










प्रतिक्रिया