काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ७०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज सुन प्रतितोला २ लाख ४३ हजारमा रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज एक तोला चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।










प्रतिक्रिया