Logo

Breaking News 1

नेकपा एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका हुन् ।

बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनको बारेमा छलफल हुने बताइएको छ ।

नेकपा एमालेले प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुदैछ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ८ : २४ बजे