Logo

Breaking News 1

सुन २८ सयले बढ्यो, चाँदीको मूल्य पनि वृद्धि



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुन २ हजार ८ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १ सय ४० रुपैयाँले बढेको हो । आज चाँदी आज ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ११ : २४ बजे