काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले क्रिकेट खेलसँगै शैक्षिक यात्रालाई पनि सँगसँगै अघि बढाउने भएका छन् ।
क्रिकेट खेलमा शिखर चुमिरहेका कप्तान पौडेलले अब व्यवस्थापन अध्ययनमार्फत आफ्नो करियरका नयाँ आयाम खोल्न लागेको फिनिक्स कलेजले जनाएको छ ।
क्रिकेटको स्टारडम बीच पनि पौडेलले शैक्षिक यात्रालाई प्राथमिकता दिएका पौडेललाई स्वागत गर्दै कलेजले १०० प्रतिशत छात्रबृत्ति उपलब्ध गराएको छ ।
पौडेलजस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्तित्व कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र निरन्तर परिश्रमबारे थप उर्जा मिल्ने फिनिक्स कलेजले विश्वास व्यक्त छ ।
कलेजका नेटवर्क निर्देशक राजु टण्डनले भने,‘हामी देशका लागि योगदान पु–याउने प्रतिभाशाली खेलाडीहरूको शैक्षिक यात्रामा साथ दिन पाउँदा निकै हर्षित छौँ । शिक्षा र खेलकुद एकसाथ अघि बढ्न सक्छन् भन्ने उदाहरण दिन हामी सधैं तत्पर छौँ ।’
यसअघि पनि फिनिक्स कलेजले राष्ट्रिय टिमका अन्य खेलाडीहरूलाई पूर्ण छात्रबृत्ति प्रदान गर्दै खेलकुद र शिक्षा दुबै क्षेत्रको सन्तुलित विकासलाई प्रोत्साहन गर्दै आएको छ ।










प्रतिक्रिया