Logo

Breaking News 1

कीर्तिपुरमा बाजुरा युथ कनेक्टको फुटसल, उपाधी आयोजकको पोल्टामा



बाजुरा । संघीय राजधानीमा काठमाडौंमा बाजुरा युथ कनेक्टद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न भएको छ । बाजुरा घर भई राजधानीमा विभिन्न पेशा, व्यवसाय र अध्यनको सिलसिलामा रहेका युवाहरु बिच प्रतियोगिता सञ्चालन गरिएको थियो ।

बाजुरा जिल्ला स्तरीय सेभन ए साईड फुटसल प्रतियोगिताको उपाधी भने आयोजकले आफ्नो पोल्टामा पारेको हो । युवाबीच आपसी सद्भाव, भेटघाट र भाईचाराको सम्बन्ध स्थापित गर्न पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको संञ्जालका सचिव अर्जुन जोशीले जानकारी दिए ।

प्रतियोगिताले बाजुराको खेल क्षेत्रमा विकासमा ठुलो सहयोग पुग्ने अपेक्षा समेत लगिएको छ । प्रतियोगितामा बाजुरा घर भई राजधानीमा रहेका करिव १६ टिमको सहभागिता थियो । खेलको उद्घाटन नेपाली फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङले गरेका थिए ।

खेल किर्तिपुरको मतस्य नारायण रिक्रिएसन केन्द्रको फुटसल ग्राउन्डमा सञ्चालन गरिएको थियो । आयोजनामा १ सय ६० बढी खेलाडी सहभागि थिए । प्रतियोगिताको उपाधी भने आयोजक बाजुरा युथ कनेक्टले जित्न सफल भएको हो। भने उपविजेता सूर्यतारा फाउण्डेशन बनेको हो ।

विजेताले नगद ४१ हजार १ सय ११ नगद सहीत ट्रफी, प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको सूर्यताराले १८ हजार १ सय ११ नगद सहीत ट्रफी र प्रमाण पत्र हात पारेको हो।खेलमा हिमाल बडुवालले उत्कृष्ट खेलाडीको उपाधी पाए भने आयोजक टिमका मनोज नेपालीले उत्कृष्ट गोल रक्षकको उपाधी पाएका हुन् ।

संघीय राजधानी काठमाडौंमा बाजुराका युवाहरुले आयोजना गरेको प्रतियोगिता निकै महत्त्वपूर्ण र उपलब्धिमुलक मानिएको छ । बाजुरा खेल क्षेत्रका लागि संभावना बोकेको जिल्लाको रुपमा स्थापित बनेको छ । फुटबलदेखि क्रिकेटसम्म र अन्य एथ्लेटिक्स खेलहरुमा पनि बाजुरा निकै अगाडि छ ।

खेल क्षेत्रबाटै पहिचान बनाउन र विभिन्न सामाजिक समस्याहरुलाई खेल क्षेत्रबाट समाधान गर्ने गरि प्रतियोगिता सञ्चालन गरिएको आयोजक बाजुरा युथ कनेक्टले जनाएको छ । प्रतियोगिताले एकता र नेतृत्वको विकासमा समेत टेवा पुर्याएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : ३१ बजे