Logo

राजनीति

प्रतिनिधिसभा समानुपातिक निर्वाचन : बन्दसूची बुझाउन तीन दिन


३० कार्तिक २०८२, आइतबार  

0
Shares

काठमाडौं । कार्यक्रमअनुसार मंसिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका दलहरूको नामावली प्रकाशित हुनेछ।

यस्तै, पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म दलहरूले समानुपातिक तर्फका उमेदवारहरूको बन्दसूची पेस गर्ने समय तोकिएको आयोगले जनाएको छ।

आयोगका अनुसार अन्तिम बन्दसूची माघ २० गते बिहान १० देखि बेलुकी ५ बजेसम्म सार्वजनिक गरिनेछ।

सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक प्रणालीअन्तर्गतको मतदान आगामी फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : ०१ बजे