काठमाडौं । निर्वाचन आयोगमा आइतबार (कात्तिक ३०)सम्म नयाँ राजनीतिक दल दर्ताका उद्देश्यले ३२ वटा निवेदन परेको आयोगले जनाएको छ। जेनजी आन्दोलनपछि राजनीतिक दल दर्ताका माग बढ्दै गएको आयोगले जानकारी दिएको छ।
आइतबार मात्रै पाँच दल—राष्ट्रिय सनातन पार्टी नेपाल, समुन्नत नेपाल पार्टी, जनअधिकार पार्टी, न्यू न्याश्नलिस्ट पार्टी र उदार लोकतान्त्रिक पार्टी—ले दर्ताका लागि निवेदन दिएका हुन्।
यस्तै, आज राष्ट्रिय परिवर्तन पार्टी दर्ता भइसकेपछि देशभर दर्ता राजनीतिक दलहरूको संख्या १२३ पुगेको निर्वाचन आयोगले जनाएको छ।










प्रतिक्रिया