काठमाडौँ – नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड सार्वजनिक गरेको छ। बैंकका अनुसार यो कार्ड ग्राहकलाई उच्चस्तरीय सेवा र सुरक्षित भुक्तानी सुविधा प्रदान गर्ने उद्देश्यले जारी गरिएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नयाँ डेबिट कार्ड बैंकको ग्राहक-केंद्रित प्रतिबद्धताको एक हिस्सा भएको बताएका छन्। मास्टरकार्ड, दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले कार्ड मार्फत ग्राहकलाई सहज र सुरक्षित भुक्तानी सुविधा उपलब्ध गराउन आफूहरु प्रतिबद्ध रहेको बताए।
नवीन डेबिट कार्डले मास्टरकार्डको विश्वस्तरीय नेटवर्कमा पहुँच दिनेछ। यसमा नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अंकित गरिएको छ। बैंकका अनुसार कार्ड प्रयोगकर्ताले विभिन्न रेस्टुरेन्ट, स्पा, फिटनेस सेन्टर र मनोरञ्जन क्षेत्रमा छुट पाउनेछन्।
नबिल बैंक मास्टरकार्डको प्रमुख सदस्य हो र नेपालमा मास्टरकार्ड क्रेडिट कार्ड जारी गर्ने पहिलो बैंक पनि हो। नयाँ कार्डका लागि आवेदन बैंकका शाखा वा एनबैंक एपमार्फत गर्न सकिने बैंकले जनाएको छ।
हाल नबिल बैंक २५ लाखभन्दा बढी ग्राहकलाई देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले विगत चार दशकदेखि नवीनतम बैंकिङ सेवा सुरु गर्दै नेपाली बैंकिङ क्षेत्रको विकासमा योगदान दिँदै आएको छ।










प्रतिक्रिया