Logo

प्रवास

एनआरएनए एनसीसी यूएईको अध्यक्षमा भिम मल्ल ठकुरी


३० कार्तिक २०८२, आइतबार  

23
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको अध्यक्षमा भिम मल्ल ठकुरी मनोनित भएका छन् । उनले यसअघि उपाध्यक्षका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको अनुभवका कारण यो जिम्मेवारी प्राप्त गरेका हुन् ।
निवर्तमान अध्यक्ष बिकाश शाही एनआरएनए एनसीसिको अन्य पदमा जाने भएपछी अध्यक्षमा ठकुरीमा मनिनित भएका हुन् । ठकुरीको नेतृत्वसँगै यूएईस्थित नेपाली समुदायको हित, संस्थागत व्यवस्थापन तथा एनआरएनएको गतिविधि अझै सुदृढ र परिणाममुखी हुने अपेक्षा गरिएको छ ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का उपाध्यक्ष मनोज गोर्खाली र कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले सामाजिक सञ्जालमार्फत अध्यक्ष ठकुरीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन । उनीहरुले ‘सक्षम नेतृत्व, पारदर्शी कार्यशैली र समुदायप्रतिको समर्पणका आधारमा यूएईमा एनआरएनएको भूमिका अझ सशक्त हुनेछ’ भन्दै विश्वास प्रकट गरेका छन् ।
नेपाली समुदायमा उच्च अपेक्षा
यूएईमा रहेका नेपालीहरूले पनि नयाँ अध्यक्षप्रतिको उत्साह र विश्वास व्यक्त गर्दै एनआरएनएले अब समुदायका समस्यालाई अझ प्रभावकारी ढंगले सम्बोधन गर्ने अपेक्षा राखेका छन् ।
ठकुरीले आफूलाई विश्वास गरेर नेतृत्वको जिम्मेवारी दिएकामा सम्पूर्ण नेपाली समुदाय तथा एनआरएनए अभियन्ताप्रति आभार व्यक्त गर्दै भने,‘मलाई दिएको यो जिम्मेवारी सम्मान मात्र होइन, ठूलो उत्तरदायित्व पनि हो । म यूएईमा रहेका नेपाली कामदार, व्यवसायी तथा सम्पूर्ण समुदायका लागि इमानदारी र प्रतिबद्धतापूर्वक काम गर्नेछु ।’
नेतृत्व अनुभव र सक्रियता
ठकुरी विगत केही वर्षदेखि एनआरएनए यूएईमा सक्रिय रहेर संगठन विस्तार, श्रम–सम्बन्धी सहयोग, समुदायिक समस्या समाधान र नेपाली अभियन्ताहरूबीचको समन्वयमा अग्रणी भूमिका निभाइरहेका छन् । उनका सहकर्मीहरूका अनुसार उनी संवाद, सहकार्य र समावेशी नेतृत्वका पक्षधर व्यक्तित्व हुन् ।
नयाँ नेतृत्वसँगै एनआरएनए एनसीसी यूएईले कामदार समर्थन, सीप विकास, कानुनी परामर्श, आपतकालीन राहत, महिला–युवा सहभागिता तथा सांस्कृतिक संरक्षण जस्ता क्षेत्रमा नयाँ गतिशीलता देखाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : ४६ बजे