काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ४.४४ अंकले बढेर २,५५०.१७ विन्दुमा पुगेको छ। बिहीबारको नियमित सेसनमा नेप्से १.१३ अंक बढेर २,५४५.७३ विन्दुमा बन्द भएको थियो।
प्रि–ओपन सेसन सकिँदासम्म ४७ स्टकका १०५ कारोबारमार्फत १२ हजार ७५६ कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार ७० लाख १० हजार ६४० रुपैयाँ पुगेको छ।
उक्त अवधिमा २४ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य स्थिर देखिएको छ।










प्रतिक्रिया