काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपाली राष्ट्र, अर्थतन्त्र,लोकतन्त्र र मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल मार्फत उनले घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप–प्रत्यारोप गर्ने वेला अहिले नभएको बताए ।
उनले लेखेका छन्,नेपाल र नेपाली राष्ट्र, राज्य, समाज,अर्थतन्त्र,लोकतन्त्र, संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थीर र अन्योलको अवस्थामा छ।घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप–प्रत्यारोप गर्ने वेला यो हैन । वरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो। सबैले गम्भीर आत्म–समीक्षा गरौं! नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन!’










प्रतिक्रिया