Logo

मुख्य समाचार

दीपक खड्काको स्पष्टीकरण : ‘खड्का ल्यान्ड’बाट चार वर्षअघि अलग भएको दाबी


२८ कार्तिक २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटको लैनचौरस्थित जग्गासम्बन्धी विवादमा आफू अब सम्बन्धित नभएको बताएका छन् ।

शुक्रबार न्यूज एजेन्सी नेपालसँग उनले ‘खड्का ल्यान्ड डेभलपमेन्ट कम्पनी’सँगको आफ्नो कानुनी तथा व्यवस्थापकीय सम्बन्ध चार वर्षअघि नै अन्त्य भएको दाबी गरेका छन् । उनका अनुसार आर्थिक अभावका बीच कम्पनीका संरचना सम्हाल्दै आएका अरू साझेदारलाई जिम्मा हस्तान्तरण गरेर आफू अलगिएको हुन् ।

खड्काले स्काउटलाई भाडा तिर्दै आएको भए पनि राजनीतिक पूर्वाग्रहका कारण आफूलाई विवादमा तानिएको आरोप लगाए । उनका अनुसार चार वर्षअघि नै आफूले कम्पनीको सेयर बिक्री गरी स्वामित्वबाट बाहिरिएको छ ।

लैनचौरस्थित स्काउटको जग्गामा उक्त कम्पनीले निर्माण गरेका संरचनालाई काठमाडौं महानगरपालिकाले बिहीबार डोजर लगाएर भत्काएपछि विवाद पुनः सतहमा आएको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ७ : ३६ बजे