काठमाडौं । नबिल बैंकको ‘सात प्रतिशत नबिल डिबेन्चर २०८९’ नेप्सेमा सूचीकृत भएको छ। सूचीकरणसम्बन्धी सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले हस्ताक्षर गरेका छन्।
आठ वर्षे अवधि रहेको उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर हुनेछ। एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता समावेश रहेको तीन अर्ब बराबरको ऋणपत्रको दोस्रो बजार कारोबार बिहीबारबाट सुरु भएको बैंकले जनाएको छ। ऋणपत्र रजिष्ट्रारको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।
नबिल बैंकले देशभर २६८ शाखा र ३२१ एटीएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।










प्रतिक्रिया