काठमाडौं — निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ। आयोगले यसअघि कात्तिक ३० गतेसम्म दर्ता खुला रहने निर्णय गरेको भए पनि अब मंसिर ५ गतेसम्म दर्ता गर्न सकिने व्यवस्था गरिएको छ
दर्ता अवधि विस्तार प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि गरिएको आयोगले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामसाद भण्डारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले दर्ता म्याद अपर्याप्त भएको भन्दै थप गर्न सुझाव दिएको आयोगको भनाइ छ।
राष्ट्रिय परिचयपत्रका विवरणका आधारमा अनलाइन दर्ताको सुविधा उपलब्ध गराएपछि दर्ताका लागि प्रणालीमा उच्च चाप देखिएको आयोगले जनाएको छ।










प्रतिक्रिया