काठमाडौं । जेनजी अभियानसँग जोडिएका अभियन्ता मिराज ढुंगानाले मुलुक राजनीतिक अनिश्चिततामा रहेको भन्दै सर्वपक्षीय वार्ता बिना निर्वाचनमा जान नहुने बताएका छन्। नागरिक समूहद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान संकट समाधानका लागि सबै पक्षलाई समेटेर राजनीतिक सहमति खोजिनुपर्ने आवश्यकता दोहोर्याए।
ढुंगानाले हालको अवस्थालाई सामान्य मान्न नसकिने उल्लेख गर्दै “सर्वपक्षीय वार्ताबाट निकास खोज्नुअघि निर्वाचनतर्फ अघि बढ्नु उचित नहुने” टिप्पणी गरे। हालै सिंहदरबार, पशुपतिनाथ परिसर र न्यायालयमा भएका आगलागी घटनालाई उनले राजनीतिक अस्थिरताको संकेतका रूपमा व्याख्या गर्दै यथास्थितिमा निर्वाचनमा जाने निर्णयले जनताप्रति अन्याय हुने दाबी गरे।
युवापुस्तालाई सोझै निर्वाचनमा जान नहुने आग्रह गर्दै उनले देश ‘रोइरहेको’ अवस्थामा निर्वाचन मात्र समाधान नभएको चेतावनी दिए। उनले बढ्दो वैदेशिक रोजगारी र युवापलायन रोक्न राज्यले तत्काल प्रभावकारी निर्णय लिनुपर्ने आवश्यकता पनि औंल्याए।










प्रतिक्रिया