काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा निर्वाचित जनप्रतिनिधिलाई आफ्नो चुनावी घोषणापत्रअनुसारको कार्यप्रगति प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक गर्न अनिवार्य गर्ने प्रावधान प्रस्ताव गरेको छ। आयोगले तयार पारेको निर्वाचन आचारसंहिता मस्यौदामा दलले घोषणापत्र आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था राखिएको छ।
मस्यौदाको दफा ३७(३) अनुसार दल वा निर्वाचित जनप्रतिनिधिले घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरूको वार्षिक कार्यप्रगति सर्वसाधारणलाई जानकारी हुने गरी सार्वजनिक गर्नुपर्ने उल्लेख छ। आयोगका अनुसार घोषणापत्रकै आधारमा चुनावी प्रचार–प्रसार गर्नुपर्ने र त्यसको कार्यान्वयनबारे नियमित प्रतिवेदन सार्वजनिक गरिनु पारदर्शिता र जवाफदेहितामा महत्वपूर्ण हुने बताइएको छ।










प्रतिक्रिया