काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० विमानको इजरायलमा रहेको इञ्जिन छिटो ल्याएर सञ्चालन गर्न निर्देशन दिएकी छन् ।
निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले जहाजको इञ्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने बताइन् ।
उनले कुनै प्रक्रियागत बहाना नगर्न निर्देशन दिँदै जनताको पैसा लगानी भएको संस्थालाई नै ग्राउन्डेड गर्ने अवस्था आउन दिन नहुनेमा जोड दिइन् ।










प्रतिक्रिया