ढाका — बंगलादेशविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको सुरुआती–११ घोषणा गरिएको छ। बिहीबार मुख्य प्रशिक्षक हरि खड्काले किरणकुमार लिम्बुको कप्तानीमा टोलीको पहिलो रोजाइ सार्वजनिक गरेका हुन्।
नेपाल र बंगलादेशबीचको खेल ढाकास्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ। दुवै टोली जितका खोजीमा रहेका छन्। यसअघि गत सेप्टेम्बर ५ मा काठमाडौंस्थित दशरथ रंगशालामा भएको पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो।
नेपालको सुरुआती–११ यसप्रकार छ — किरणकुमार लिम्बु (कप्तान), सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, लाकेन लिम्बु, सुमित श्रेष्ठ, अञ्जन विष्ट, आयुष घलान, मणिकुमार लामा, मनिष डांगी र रोहित चन्द।










प्रतिक्रिया