काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले नयाँ राजनीतिक दल नखोल्ने र आगामी कुनै पनि चुनावमा उम्मेदवारी नदिने स्पष्ट पारेका छन्।
राष्ट्रिय सभाको संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले उनलाई दल खोल्ने र चुनाव लड्ने सम्भावनाबारे प्रश्न गरेका थिए।
प्रश्नको जवाफमा गृहमन्त्री अर्यालले संक्षिप्त रूपमा भने, “दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ।”
उनले यसअघि पनि आफू प्रशासनिक भूमिकामा सीमित रहने र सक्रिय राजनीतिक प्रतिस्पर्धामा नजाने बताउँदै आएका छन्।










प्रतिक्रिया