Logo

मनोरञ्जन

‘मिरमिरे’का दुई पोस्टर सार्वजनिक


२७ कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौं । निर्देशक यम शेर्पाले निर्देशन गरेको आगामी नेपाली चलचित्र ‘मिरमिरे’ का दुई पोस्टर सार्वजनिक भएका छन्। बिहीबार सार्वजनिक पोस्टरहरूमा चलचित्रका प्रमुख कलाकारहरू दयाहाङ राई, प्रकाश सपूत, शाइसा गौचन र सिर्जना निङ्लेखु फिचर्ड छन्।

पहिलो पोस्टरमा दयाहाङ राई र बाल–कलाकार शाइसा गौचन देखिएका छन्। मधुरो प्रकाश र पहाडी दृश्यसहितको पृष्ठभूमिमा उनीहरू भावनात्मक मुद्रामा देखिन्छन्। दोस्रो पोस्टरमा प्रकाश सपूत विद्यार्थी र सिर्जना निङ्लेखु शिक्षिकाको भूमिकामा प्रस्तुत छन्।

‘मिरमिरे’ आगामी माघ १ गते प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङ्लेखु मुख्य भूमिकामा छन्। अन्य कलाकारहरूमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ र भोलाराज सापकोटा पनि अभिनय गरेका छन्। बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल रहेका छन्।

चलचित्रको कथा तथा निर्देशन यम शेर्पाले गरेका हुन् भने छायांकन आलोक शुक्लाले गरेका हुन्।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  १ : ४४ बजे