एजेन्सी । दक्षिण चीनको ग्वाङडोङ प्रान्तमा नीलो लोबस्टर(सामुन्द्रीक झिँगा)को उत्पादन राम्रो भएको छ ।
सेप्टेम्बरदेखि नोभेम्बरसम्म यसको उत्पादन हुने भएकाले यस वर्ष किसानहरूले प्रति दिन सयौं किलो लोबस्टर निकालिरहेका छन्।
पोखरीबाट निकालिएका ताजा लोबस्टरलाई व्यापारीहरूले देशभरका रेस्टुरेन्टहरू र थोक बजारहरूमा बेच्नको लागि लैजाने गर्छन् ।
एक किसानका अनुसार यस वर्ष मूल्य गत वर्षको तुलनामा बढेको छ, प्रति किलो लगभग आठ अमेरिकी डलरमा विक्री भइरहेको छ ।
व्यापारी चेन गुओरोङले भने,‘सेप्टेम्बरदेखि अक्टोबरसम्म, हुबेई र जियाङ्सु प्रान्तमा उत्पादन घटेको छ । तर यस वर्ष बिक्री गत वर्षको तुलनामा ३० देखि ४० प्रतिशतले बढेको छ।’ नीलो लोबस्टर प्रोटिनका लागि उपयुक्त मानिन्छ ।










प्रतिक्रिया