Logo

अर्थ

बिहीबार सुनचाँदी कतिमा हुँदैछ कारोबार ?


२७ कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन ५ हजार ९ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४४  हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ५०  हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १७० रुपैयाँले बढेको हो । बुधबार ३ हजार १ सय ७५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ११ : ३३ बजे