काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अधिकांश नेता आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँग सहमति पत्रमा हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेकका सबै नेता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने दाबी गरे ।“१२ वटा समूह एक ठाउँमा आइसक्यौँ,” दाहालले भने, “केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्।”उनका अनुसार हालसम्म माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १२ वटा घटक एकीकृत भई नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।गत कात्तिक १९ गते विभिन्न वाम घटकहरूको एकता गर्दै उक्त पार्टी घोषणा गरिएको थियो ।
२६ कार्तिक २०८२, बुधबार
23
Shares








प्रतिक्रिया