विराटनगर । कोसी प्रदेशसभाको सचिवमा सुदर्शन खड्का नियुक्त भएका छन्। बुधबार सभामुख अम्बरबहादुर विष्टले उनलाई पद तथा गोपनीयताको शपथ गराए।
सभामुखको सिफारिसमा प्रदेश प्रमुखले खड्कालाई सचिवमा नियुक्त गरेका हुन्। ५६ वर्षीय खड्का भक्तपुरको चाँगुनारायण नगरपालिका–४ निवासी हुन्। उनी यसअघि संघीय संसद् सचिवालयमा कार्यरत थिए।
खड्काले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा शिक्षा शास्त्रमा एक वर्षे स्नातक (बीएड) अध्ययन पूरा गरेका छन्।
यसैबीच, कोसी प्रदेशसभा आजदेखि मोरङको कटहरीमा सरेको छ।










प्रतिक्रिया