Logo

अर्थ

दुई वर्षपछि भुपाल बराल राजस्व सचिव बने


२६ कार्तिक २०८२, बुधबार  

0
Shares

काठमाडौं । दुई वर्षपछि भुपाल बराल पुनः अर्थ मन्त्रालय फर्किएका छन् । सोमबार (कात्तिक २४) बसेको मन्त्रिपरिषद् बैठकले वाग्मती प्रदेशका प्रमुख सचिव बराललाई सरुवा गरी अर्थ मन्त्रालयको राजस्व सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।बरालले शुक्रबारबाट नयाँ जिम्मेवारी सम्हाल्नेछन् । उनी यसअघि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुखका रूपमा कार्यरत थिए । त्यस समयमा कांग्रेसबाट अर्थमन्त्री बनेका प्रकाशशरण महतले उनलाई वाग्मती प्रदेशमा सरुवा गरेका थिए ।अर्थ प्रशासनमा लामो अनुभव भएका बरालले बजेट महाशाखा, राजस्व प्रशासन महाशाखा र आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारीसमेत सम्हालीसकेका छन् ।बरालको स्थानमा वाग्मती प्रदेशका प्रमुख सचिवका रूपमा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई सरुवा गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  २ : ५९ बजे