Logo

राजनीति

दुर्गा प्रसाईं समूहले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझायो


२६ कार्तिक २०८२, बुधबार  

23
Shares

काठमाडौं । विवादित व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ । बुधबार (कात्तिक २६) बिहान गृहमन्त्री ओमप्रकाश अर्यालसहितको टोलीसँग भएको वार्तापछि सो समूहले मागपत्र हस्तान्तरण गरेको हो ।

वार्तामा प्रसाईं स्वयं सहभागी थिएनन् । उनका प्रतिनिधि माधव प्रसाद खतिवडाले समूहको तर्फबाट मागपत्र बुझाएका हुन् ।

मागपत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश संरचना खारेज, संविधान संशोधन वा खारेजीलगायतका राजनीतिक विषय समेटिएका छन् ।

प्रसाईंले यसअघि मंसिर ७ गतेदेखि देशभर चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए । आन्दोलन घोषणापछि गृह मन्त्रालयले वार्ताका लागि उनलाई बोलाएको थियो ।

खतिवडाका अनुसार वार्तामा मागबारे सामान्य छलफल भए पनि सहमति जुट्न सकेन । सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाए आन्दोलन फिर्ता लिने समूहको भनाइ छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १ : ४६ बजे