काठमाडौं । इटालियन क्लब एट्लान्टाले मुख्य प्रशिक्षक इभान जुरिकलाई पदमुक्त गरेको छ ।
सन् २०२७ सम्मका लागि नियुक्त जुरिकलाई क्लबले लगातार कमजोर प्रदर्शनका कारण सोमबार बर्खास्त गरेको हो । एट्लान्टाले जारी गरेको विज्ञप्तिमा जुरिक र उनका सहयोगीप्रति आभार व्यक्त गरिएको छ ।
जुरिक गत जुनमा क्लबको मुख्य प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा एट्लान्टाले इटालियन शीर्ष डिभिजन सिरी ‘ए’ का ११ खेलमध्ये दुईमा मात्र जित हासिल गरेको छ । सात खेल बराबरीमा सकिँदा दुई खेलमा हार व्यहोरेको टोली हाल लिग अंकतालिकाको १३औँ स्थानमा रहेको छ ।
एट्लान्टाले सोमबार घरेलु मैदान जेविस रंगशालामा सासुओलोसँग ३–० ले पराजय व्यहोरेको थियो ।










प्रतिक्रिया