Logo

अर्थ

सुनको मूल्य एकैदिन तोलामा रु ४,९०० ले बढ्यो


२५ कार्तिक २०८२, मंगलबार  

23
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा रु ४,९०० ले बढेर रु २ लाख ४६ हजार ४०० पुगेको हो ।

अघिल्लो दिन अर्थात् सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ४१ हजार ५०० मा कारोबार भएको थियो । यससँगै सुनको मूल्य लगातार दोहोरो अंकमा उतार–चढाव भइरहेका छन् ।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार तोलामा रु १०५ ले बढेको छ । हाल चाँदी प्रतितोला रु ३ हजार १७० मा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला रु ३ हजार ६५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : १९ बजे