हिमाली जिल्ला मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरको प्रवेशद्वार खिङ्गा गाउँ र पृष्ठभूमिमा देखिएको याकघ्वा हिमालसहित थोङपासको दृश्य पर्यटकहरुको मन लोभ्याइरहेको छ ।

जोमसोमदेखि मुक्तिनाथ दर्शन गर्न जाने क्रममा देखिने यो रमणीय दृश्यले पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ । पछिल्लो समय यहाँका होटेल व्यवसायीहरुको दैनिकी फेरिएका छन् ।

मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थल मानिन्छ । हिन्दु धार्मिक मान्यता अनुसार मुक्तिनाथ दर्शनले मानिसहरुलाई मुक्ति तथा मोक्ष प्राप्त हुने जनविश्वास छ ।

तस्विर : निरज थकाली (जोमसोम)










प्रतिक्रिया