काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मधेश प्रदेशको प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई सपथ ग्रहण गराएको विषयको विरोध गरेका छन् ।
सोमबार मधेस प्रदेशमा हिजो राति अबेरदेखि हुदै गरेको अनपेक्षित राजनीतिक घटनाक्रमवारे धारणा राख्दै सुवेदीले बर्दिबासको एउटा रिसोर्टमा अन्य दल, संवैधानिक आयोग र नियोगको उपस्थितिबिना यादवलाई सपथ ग्रहण गराएको भन्दै यो संविधान मान्ने कुनैपनि राजनीतिक दललाई स्वीकार्य नहुने बताए ।
उनले भने, ‘मधेश प्रदेशको प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीजीले मुख्यमन्त्रीको जिम्मेवारीमा रहनु भएका जितेन्द्र सोनलजीलाई मध्यरातमा मेरो स्वास्थ्य अवस्था ठिक छैन्, काठमाडौं जानुपर्यो भनेर खबर गर्नुभयो । तर बर्दिबासको एउटा रिसोर्टमा आएर नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई असंवैधानिक रुपमा सपथ गराउनु भयो । यसको हामी विरोध गर्दछौ ।’
यस्तै, उनले यसप्रकारको कामलाई राष्ट्रघाती, संविधान विरोधी र नेपालमा संघीयताको अभ्यासलाई नियतबस कमजोर पार्न खोज्ने एउटा कू–प्रयासको रुपमा लिएको बताए ।
सुवेदीको कदम विरुद्ध जसपालगायत सात दलीय गठबन्धनका सांसद तथा पार्टीका कार्यकर्ताहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड पनि गरेका छन् ।
उनीहरुले प्रदेश प्रमुखको नाम लेखेको नेमप्लेट र मुख्य प्रवेशद्वार बाहिर रहेको गमला लगायतका सजावटका सामानहरू तोडफोड गरेका हुन् ।
सो क्रममा उनीहरुले प्रदेश प्रमुख मुर्दाबाद, एकलौटी गर्न पाइँदैन लगायतका नारासमेत लगाएका छन् । अवस्था नाजुक भएपछि मधेस भवनभित्र व्यापक मात्रामा प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो ।










प्रतिक्रिया