काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एइआईका कुरालाई आत्मासाथ गरेर अगाडि बढ्न सकेमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुने बताएका छन् ।
सोमबार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै उनले जेनजी आन्दोलनमा उठेका भ्रष्टाचार, सुशासन, रोजगारी र नवप्रवद्र्धनको सबै कुरा एआइले नै समेट्ने बताउँदै यसलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तको लागि प्रयोग गर्नुपर्नेमा जोड दिए ।
उनले भने,‘अब एआई, डिजिटल युगमा नेपाल अगाडि ब्ढयो । जनतालाई पनि यसैमा समाहित गर्दै डिजिटल रुपान्तरणको बाटोमा अगाडि जाँदै छौं । त्यसको आइओएम बनाउँदैछौं । यो ऐतिहासिक पहल हो । जेनजी आन्दोलनमा उठेका कुरा भ्रष्टाचार, सुशासन,रोजगारी र नवप्रवद्र्धनको सबै कुरा एआईले नै समेट्ने छ । एइआईका धेरै कुरा आत्मासाथ गरेर अगाडि बढ्यौं भने सुशासन कायम गर्न सजिलो हुन्छ । भ्रष्टाचार नियन्त्रणको काम गर्न सजिलो हुन्छ । त्यसैले यसलाई सरकारको पनि सारथी र जनताको उद्देश्य प्राप्तको लागि प्रयोग गर्न सक्छौं । सरकार अब आधुनिकताको बाटोमा अगाडि बढ्दैछ ।’
त्यस्तै उनले एआई केन्द्रको सुरुवात एउटा कोठाबाट सरल ढंगले गरेको बताए । आधुनिक बाटोको पहिलो पाहिलाको रुपमा एआई केन्द्र सुरु गरेको भन्दै उनले यसलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
‘आज हामीले एआई केन्द्रको सुरुवात एउटा कोठाबाट गरेको छौं । यो हामीले सरल ढंगबाट सुरु गरेका छौं । अबको ५० वर्षपछि यो कतिको वृहत, विस्तृत होला र कति आधुनिक होला भन्नेमा अघि बढेका छौं । त्यसको पहिलो पाइलाका रुपमा सानो कोठाबाट सुरु गरेको छौं । यो सुरुवात भएको कुरालाई निरन्तर अगाडि बढाउने छौं ।’










प्रतिक्रिया