Logo

Breaking News 1

मधेस प्रदेश सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन


२४ कार्तिक २०८२, सोमबार  

0
Shares

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा रहेको राप्रपाको सहभागिता तत्काल फिर्ता लिन निर्देशन दिएका छन् ।

अध्यक्ष लिङ्देनले सोबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले भनेका छन्, ‘यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु ।’

मधेस प्रदेशमा राप्रपाका केही सांसदले प्रदेश सरकारमा सहभागी भएपछि पार्टी नेतृत्व असन्तुष्ट बनेको बताइन्छ । अध्यक्ष लिङ्देनको यस वक्तव्यपछि मधेस प्रदेश सरकारमा राप्रपाको भविष्य अनिश्चित बनेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : २८ बजे