Logo

राजनीति

रामकुमारी झाँक्री एमाले प्रवेश गर्ने तयारीमा


२३ कार्तिक २०८२, आइतबार  

0
Shares

काठमाडौं — पूर्वमन्त्री रामकुमारी झाँक्री छिट्टै नेकपा (एमाले) मा प्रवेश गर्ने तयारीमा रहेकी छन्। उनले सामाजिक सञ्जालमार्फत् आफूले महत्वपूर्ण राजनीतिक निर्णय लिन लागेको जनाउँदै एमालेमा फर्किने संकेत गरेकी हुन्।

झाँक्रीले लेखेकी छन्, “मेरो राजनीतिक जीवनको यो उतारचढाव हो। तपाईँहरूप्रतिको मेरो उत्तरदायित्व सधैं रहनेछ। गत निर्वाचनमा म तपाईँहरू विचमा आएँ, आफ्नो दल विर्सेर वा मलाई आफ्नो ठानेर सहयोग गर्नुभयो। यो सद्भाव र स्नेहलाई सधैं स्मरणमा राख्नेछु। मैले केही निर्णय लिदैछु, यसलाई सामान्य रूपमा लिनुहोस्।”

स्रोतका अनुसार भोलि (सोमबार) एमालेले आयोजना गर्ने विशेष कार्यक्रममा झाँक्रीले औपचारिक रूपमा पार्टी प्रवेश गर्ने तयारी गरेको बताइएको छ।

झाँक्री यसअघि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र अन्य वाम घटकबीचको एकता प्रक्रियामा सहभागी नभई बाहिरै रहेकी थिइन्। UML सँग उनी पुनः आबद्ध हुने संकेतले वाम राजनीति पुनः सक्रिय हुने चर्चा सुरु भएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ६ : ४० बजे