काठमाडौं — जिल्ला अदालत काठमाडौंले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप आठ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
सिआईबीले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज सम्झौतासम्बन्धी अनियमितताको विषयमा कार्कीविरुद्ध अनुसन्धान अघि बढाइरहेको छ। प्रहरी म्याद थपका लागि अदालत पुगेपछि अदालतले थप आठ दिनको अनुमति दिएको हो।
कार्कीलाई केही दिनअघि चितवनबाट पक्राउ गरिएको थियो।










प्रतिक्रिया