Logo

मुख्य समाचार

केपी ओली सुध्रिए एउटै पार्टीमा रहन सकिनेः माधव नेपाल


२२ कार्तिक २०८२, शनिबार  

138
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले केपी शर्मा ओली सुध्रिए एउटै पार्टीमा रहन सकिने बताएका छन्।

प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ओलीले आत्मालोचना गर्दै रूपान्तरण, सुधार र परिवर्तन गरे एउटै पार्टीमा बस्न कुनै समस्या नहुने बताए।

उनले भने, “रत्नाकर डाकू वाल्मिकी हुन सक्छ भने केपी ओली सुध्रिन सक्दैनन् ? सुध्रिएपछि किन नहुनु ? केपी ओलीमा रूपान्तरण, सुधार र परिवर्तन हुन्छ भने र उनले गल्ती भयो भनेर आत्मालोचना गर्छन् भने म पूर्वाग्रह राख्दिनँ।”

पूर्वप्रधानमन्त्री नेपालले ओलीले आफूलाई सिध्याउनका लागि पतञ्जली योगपीठ जग्गा प्रकरणमा मुद्दा लगाएको आरोप समेत लगाए। उनले भने, “केपी ओलीले मलाई सिध्याउनका निम्ति खतरनाक षड्यन्त्र रचेका थिए। उहाँको बानी नै आफूसँग असहमत व्यक्तिलाई समाप्त पार्ने हो। खतरनाक मान्छे हुन् उनी।”

जेन–जी आन्दोलनबारे पनि बोल्दै नेपालले २३ भदौमा भएको आन्दोलनको जिम्मेवारी तत्कालीन प्रधानमन्त्रीको हैसियतले ओलीले लिनुपर्ने बताए। तर, २४ भदौमा भएको तोडफोड र आगजनीको जिम्मा भने ओलीको नभएको स्पष्ट पारे।

उनका अनुसार माग पूरा नगरेको दोष तत्कालीन सरकार र ओलीमा जान्छ, तर आन्दोलनपछि भएको क्षतिको प्रत्यक्ष जिम्मेवारी ओलीको होइन।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १ : १२ बजे