काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई ९२ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।
शनिबार भएको खेलमा नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याउँदै भारत तीन ओभरमै अलआउट हुँदै ४५ रनमा समेटियो। भारतका भरत चिप्ली र प्रियांक पञ्चालले समान १२–१२ रन, रोबिन उथप्पाले पाँच, दिनेश कार्तिक र सहबाज नदिमले सात–सात रन बनाए।
नेपालका रसिद खानले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले दुई–दुई विकेट योगदान दिए।
यसअघि पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा कुनै विकेट नझारीकन १३७ रनको विशाल योगफल बनाएको थियो। रसिद खानले ५५, सन्दीप जोराले ४७ र लोकश बमले ३१ रनको योगदान दिए।
यसअघि समूह चरणका खेलमा नेपाल दक्षिण अफ्रिका, श्रीलंका र अफगानिस्तानसँग पराजित भएको थियो।










प्रतिक्रिया