Logo

खेलकुद

हङकङ सिक्सेसमा नेपाल तेस्रो खेलमा पनि पराजित


२२ कार्तिक २०८२, शनिबार  

23
Shares

काठमाडौं — हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ। शनिबार भएको खेलमा नेपाल श्रीलंकासँग तीन विकेटले पराजित भएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा चार विकेट गुमाउँदै ८६ रनको योगफल तयार गरेको थियो। नेपालका लागि सन्दीप जोराले ३९ रन र लोकेश बमले अविजित ३१ रन योगदान दिए।

श्रीलंकाका थरिन्दु रत्नायकेले दुई विकेट लिँदा लाहिरु समरकुन र लहिरु मदुशन्काले समान एक–एक विकेट हात पारे।

जवाफमा श्रीलंकाले ५.३ ओभरमै तीन विकेटको क्षतिमा ८७ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। उसका लागि धनञ्जय लक्षणले अविजित ३६ रन र निमेश विमुखीले अविजित ३३ रनको योगदान दिए।

नेपालका रुपेश सिंहले दुई विकेट र लोकेश बमले एक विकेट लिए।

यसअघि समूह चरणका खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र अफगानिस्तानसँग पराजित भएको थियो।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १२ : ३९ बजे