Logo

मुख्य समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज दिउँसो


२२ कार्तिक २०८२, शनिबार  

23
Shares

काठमाडौं — नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज दिउँसो १ बजेका लागि बोलाएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिलाई उपस्थितिका लागि आह्वान गरिएको छ।

बैठकले पार्टी केन्द्रीय समिति सदस्य तथा पूर्वमन्त्री मोहम्मद आफतव आलमको निधनमा शोक प्रस्ताव पारित गर्नेछ। आलमको गएराति २ बजे निधन भएको थियो।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ११ : ४४ बजे