काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा नयाँ मतदातालाई सक्रिय रूपमा सहभागिता जनाउन आग्रह गरेकी छन्। उनले देश विकास र विद्यमान बेथितिविरुद्धको लडाइँमा मताधिकारको सदुपयोग अत्यावश्यक रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक समाजमा नागरिकको विवेक र मतदाता परिचयपत्रलाई परिवर्तनका दुई प्रमुख साधनका रूपमा वर्णन गर्दै योग्य नागरिकले आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा जोड दिइन्।
उनका अनुसार विवेकले नागरिकलाई सही निर्णय गर्न प्रेरित गर्छ भने मतदाता परिचयपत्र त्यस विवेकलाई व्यवहारमा उतार्ने माध्यम हो।
कार्कीले भनिन्, “जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाल बनाउन, सबैभन्दा पहिले हामी सबैले मतदाता परिचयपत्र बनाउनुपर्छ र त्यसको सही उपयोग गरेर योग्य प्रतिनिधि छान्नुपर्छ।”
उनले योग्य नागरिकहरूलाई नजिकको निर्वाचन कार्यालयमा गई मतदाता परिचयपत्र बनाउन तथा लोकतान्त्रिक प्रक्रियामा सहभागिता जनाउन आग्रह गरेकी छन्।










प्रतिक्रिया