Logo

राजनीति

रामकुमारी झाँक्री र किसान श्रेष्ठ समूह एमाले फर्कने तयारीमा, ओलीसँग भेट


२० कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट विद्रोह गरेका रामकुमारी झाँक्री र किसान श्रेष्ठ समूहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। बिहीबार (कात्तिक २०) झाँक्री र श्रेष्ठले ओलीसहित एमाले महासचिव शंकर पोखरेलसँग भेटवार्ता गरेका हुन्।

भेटमा उनीहरूले आगामी कात्तिक २४ गते राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर एमालेमा पुनः प्रवेश गर्नेबारे छलफल भएको स्रोतले जनाएको छ।

झाँक्री र श्रेष्ठले बुधबार पत्रकार सम्मेलनमार्फत एमालेमा फर्कने इच्छा सार्वजनिक गरेका थिए। उनीहरूले अन्य केन्द्रीय सदस्यहरूलाई समेत संयोजन गरेर पार्टी प्रवेश गराउने तयारी गरेको बताइएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ४ : ४५ बजे